Monday, March 22, 2021

सर्लाहीका ७५ जना दलित विद्यार्थीहरुले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको तर्फबाट छात्रवृत्ति रकम पाए



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ९

    नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघ सर्लाही र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सर्लाहीमा  संचालित नेपाल  छात्रवृति कार्यक्रम अन्तर्गत ७५ जना दलित छात्रछात्राहरु लाई सन्  २०२१ को लागि पहिलो किस्ता वापतको रकम छात्रवृति वितरण गरिएको छ ।

    संघका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यतामा सोमबार   सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहका बिच उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

संस्थाका कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानका अनुसार  विशेष लक्षित समुहलाई तीनतहमा विभाजन गरि ३५ जनालाई लाई ५,६ र १४ सय रुपैया र अति जोखिमलाई पनि तीनतहमा विभाजन गरि ३५ जनालाई   ५,६ र १४ सय रुपैयाँको दरले छात्रवृत्ति बापत रकम वितरण गरिएको छ । त्यस्तै  रोल मोडेलतर्फका ४ जनालाई १२ सय , १४ सय र २ हजार रुपैया वितरण गरिएको छ । यसैगरी ब्याचलर तहका ३ जनालाई २-२ हजार ,मास्टर डिग्री १ जना र प्रविधिक तर्फका ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कार्यक्रम अधिकृत पासवानले जानकारी दिए । 

  दलित अधिकारकर्मी फेकु राम महराले संचालन गरेको  कार्यक्रममा प्रदेश सभा सदस्य श्यामपरी देवी महरा,सर्लाही जिल्ला सभापति मेथुर चौधरी,मलंगवा नगरपालिका नगर प्रमुख निरसल साह,कबिलासी नगरपालिका नगर प्रमुख कौशल यादव,सर्लाही क्याम्पस प्रमुख हिरा प्रसाद कुम्हाल,मानवअधिकारकर्मी मुकेश मिश्र ,बाल अधिकारकर्मी सुन्दर श्याम यादव,समाजसेवी महेश पासवान,बिनोद राम, महेश्वर यादव ,छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुका अविभावक लगायतको उपस्थिति रहेको थियो ।सोही अवसरमा संस्थाको तर्फबाट दलित समुदायको हकहित र अधिकारको लागि जिल्लामा मात्र नभइ देशव्यापी रुपमा आवाज उठाउँदै आउनु भएका अधिकारकर्मीहरुलाई पनि अध्यक्ष पासवानले कदरपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

  छात्रवृत्ति प्रत्येक त्रैमासिक रुपमा वितरण गरिदैं आएको कार्यक्रम अधिकृत गोविन्द कुमार पासवानले जानकारी दिए। 

  


No comments:

Post a Comment