Friday, March 12, 2021

सर्लाहीमा चार दिने मोतियाबिन्दुको निःशुल्क अप्रेशन शिविर सम्पन्न

 ---१०३ जना मोतियाविन्दु बिरामीको सफल सल्यक्रिया---


मनोज यादव----

सर्लाही ,फाल्गुन २८

     नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको प्राबिधिक सहयोग, सर्लाही समाजसेवी कल्याणकारी परिवार  मलंगवाको आयोजना तथा स्थानीय समाजसेवी कामिल मिकरानी र सगरमाथा बोर्डिङ स्कुल मलंगवाको   व्यवस्थापनमा सर्लाहीको सदरमुकाम मलंगवामा चार दिने मोतियाबिन्दुको निःशुल्क अप्रेशन शिविर सम्पन्न भएको छ ।

    फाल्गुन २४ गतेदेखि सुरु भएको शिविरमा ५ सय ५० जना बिरामीको आँखाको बाहिरी चेकजाच गरिएको छ । जसमध्ये १०३ जना बिरामीहरुको  मोतियाविन्दुको सफल अप्रेशन भएको आयोजक संस्थाका अध्यक्ष शुवास कुमार कर्णले जनाएको छ । मोतियाविन्दुको समस्या भएर पनि जिल्ला बाहिर उपचारमा जान नसकेका विपन्न तथा गरिबहरुलाई सेवा दिने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क आँखा शिविर नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा.इन्दु ढुंगेल  नेतृत्वको ७ जना विशेषज्ञहरुको टोलीले आँखाको परिक्षण तथा अप्रेसन  गरेका थिए ।

     मलंगवा वडा न-१० स्थित स्थानीय समाजसेवी कामिल मिकरानीको निवासमा रहेको सगरमाथा बोर्डिङ स्कुलको प्रांगणमा  संचालन भएको शिविरको आज(बिहिवार) बिहान नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच सम्पन्न गरिएको  छ ।कार्यक्रममा आयोजक संस्थाले  आआफ्नो स्तरबाट  शिविर संचालनमा स्वयंसेवकको रुपमा सहयोग पुर्याउने नेपाली सेना,नेपाल प्रहरी ,स्वयंसेवकको रुपमा रातदिन खटिएका सगरमाथा  स्कुलका शिक्षक,विद्यार्थी र शिविर संचालन तथा बिरामी र कुरुवाको रात्री बासको लागि भवन र भोजन उपलब्ध गराएर सहयोग पुर्याउनु भएका समाजसेवी कामिल मिकरानी तथा सगरमाथा स्कुलका प्रअ तिलक क्षेत्रीलाई विशेष रुपमा कदरपत्र सहित मधेसको पहिचान गम्छा ओढाएर सम्मानित गरेको छ ।बेलाबेलामा सगरमाथा स्कुलले सदरमुकाम मलंगवा लगायत जिल्लाका विभिन्न ठाउँमा संचालन हुने र भइसकेका सामाजिक कार्यहरुमा आफ्नो सक्रिय सहभागीता देखाउँदै आएको छ ।

   शिविरमा मोतियाबिन्दुको अप्रेसन गराएका  बिरामीहरुलाई चस्मा र औषधि समेत निस्शुल्क वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष कर्णले जनाएको छ ।

   शिविर  स्थलमा आयोजना भएको समापन कार्यक्रममा विशिष्ट अतिथि उपमेयर शान्ती सबनम मिकरानी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ ,भैरवनाथ गणका प्रमुख मेघ बहादुर थापा,जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरक्षक कृष्ण गिरी,समाजसेवी कामिल मिकरानी,पुर्व प्रअ महेन्द्र प्रसाद कर्ण,रमेशलाल कर्ण लगायतको उपस्थिति रहेको थियो ।

   शिविरबाट सदरमुकाम मलंगवा  सहित जिल्लाका बिभिन्न ग्रामीण भेगका सेवाग्राहीहरुले सेवा लिएका थिए ।

No comments:

Post a Comment