Tuesday, March 2, 2021

कोरोना खोप लगाउने सम्बन्धि संचारकर्मीहरु बिच अन्तरक्रिया




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १८

    जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा जिल्लाका संचारकर्मीहरु बिच कोरोना खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    मंगलबार बिहान कार्यालयको सभाकक्षमा आयोजना भएको कार्यक्रममा  सरकार द्वारा देशभर अभियानको रुपमा संचालन गरेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध लगाइने कोभिड सिल्ड खोप लगाउने अभियान सफल बनाउन जनता तथा सम्बन्धि पक्ष बिच कसरी प्रभावकारी बनाउन सकिन्छ,र जनमानसमा यसको सकारात्मक पक्षको बारेमा  कसरी जानकारी गराउन सकिन्छ भन्ने  विषयमा छलफल गरिएको छ ।कार्यक्रममा पहिलो र दोस्रो चरणको खोप अभियान सम्पन्न भइसकेको र फाल्गुन २३ गतेबाट ५५ वर्ष उमेरबन्दा माथिको ब्यक्तिका लागि तेस्रो चरणको खोप अभियान सुरु हुनलागेकोले सो चरणमा सम्बन्धित उमेर समूहका ब्यक्ति लगायत पहिलो र दोस्रो चरणमा लगाउन छुटेका ब्यक्तिहरुले पनि खोप लगाउन सक्ने कार्यालय प्रमुख श्रवण नायकले जानकारी गराएको छ ।उहाँले यो खोप शतप्रतिशत सुरक्षित भएको जानकारी गराउँदै ढुक्क सँग खोप लगाएर अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

      कार्यक्रममा जिल्ला तथा राष्ट्रिय संचारगृहमा आबद्ध पत्रकारहरुको  उपस्थिति रहेको थियो ।



No comments:

Post a Comment