Sunday, March 7, 2021

उपमेयर कप २०२१ का विजेताहरुलाई मलंगवामा पदक तथा प्रमाणपत्र वितरण गरियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २३

    सर्लाहीको सदरमुकाम मलंगवामा शिक्षा नेपाल संस्थाले संचालन गरेको उपमेयर कप २०२१ खुल्ला  ब्याडमिन्टन , टेबलटेनिस र भलिबल प्रतियोगिताका विजेताहरुलाई आज(सनिवार)एक कार्यक्रमका बिच पदक तथा प्रमाणपत्र वितरण गरिएको छ ।

    मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको प्रमुख आतिथ्यतामा आयोजना भएको पुरस्कार वितरण कार्यक्रममा २०७७ साल फाल्गुन ८ गतेदेखि फाल्गुन १४ गते सम्म संचालन भएका खुल्ला  ब्याडमिन्टन , टेबलटेनिस र भलिबल प्रतियोगितामा भाग लिएका  मलंगवा नगर भित्रका  पुरुष र महिला दुवै तर्फका विजयी  खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको हो ।

    विजयी खेलाडीहरुमा क्रमशः ब्याडमिन्टन जुनियर महिला सिंगलतर्फ सगरमाथा निमावि   प्रथम,सेन्ट ग्रेवियर्स निमावि द्वितीय ,  ब्याडमिन्टन जुनियर महिला डबलतर्फ सगरमाथा निमावि प्रथम सेन्ट ग्रेवियर्स द्वितीय भएका छन् ।यस्तै ब्याडमिन्टन सिनियर महिला सिंगलतर्फ शिक्षा नेपाल संस्था प्रथम   र पद्मरत्न मावि द्वितीय भएको  छ भने सिनियर पुरुष सिंगलतर्फ शिक्षा नेपाल प्रथम र  पद्मरत्न मावि द्वितीय भएको छ । यसैगरी ब्याडमिन्टन खेलमै पुरुष सिंगल जुनियरतर्फ सगरमाथा प्रथम र सेन्ट ग्रेवियर्स द्वितीय भएको छ भने  डबल जुनियरतर्फ सगरमाथा प्रथम र सेन्ट ग्रेवियर्स द्वितीय भएका छन् ।

    यसैगरी टेबलटेनिस खुल्ला पुरुषतर्फ दिपेन्द्र अमात्य प्रथम र सुवेश सागर श्रेष्ठ द्वितीय र डबलतर्फ दिपेन्द्र अमात्य र विशाल प्रथम , समीर मिकरानी र सुवेश सागर श्रेष्ठ द्वितीय भएका छन् ।यसैगरी ब्याडमिन्टन खुल्ला पुरुष सिंगलतर्फको खेलमा गौरी राय र उकिर्ण गोपाल आचार्य द्वितीय भएका छन् ।यसैगरी भलिबल प्रतियोगितामा उपमेयर टिम विजयी भएका छन् ।  विजेता टिम तथा  खेलाडीहरुलाई प्रमुख अतिथि उपमेयर मिकारानीले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

     कार्यक्रमलाई अझ रोचक र मनोरञ्जनात्मक बनाउन नगरभित्रका विभिन्न विद्यालयका छात्रछात्राहरुले नृत्य तथा संगीत प्रस्तुत गरेका थिए ।

    संस्थाका अध्यक्ष बिक्रम जयसवालको अध्यक्षतामा मलंगवा नपा वडा न-८ स्थित बालमन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संयोजन संस्थाका सहयोगी कार्यकर्ताद्वय समीर मिकरानी र साजन जयसवालले गरेको कार्यक्रमका संचालक मलंगवा जेसिजका EVP राम लखन महतोले जानकारी दिए ।

   कार्यक्रममा उपस्थित सर्लाही क्याम्पसका प्रमुख हिरा पंडित,इको नेपालका डा.मनोज यादव,सगरमाथा निमाविका प्रअ तिलक क्षेत्री ,राकेश यादव लगायतका अतिथिहरुले मन्तव्यको क्रममा  युवा शक्तीको विषयमा आ-आफ्नो धारणा राखेका थिए । 


     








No comments:

Post a Comment