Tuesday, March 23, 2021

विद्युत चुहावट गर्ने २४ जना नियन्त्रणमा /जरिवाना गराएर छाडियो


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १०

     नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाले सुरु गरेको  विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत दुई दिनमा २० जना ब्यक्तिलाई नियन्त्रणमा लिएर जरिवाना तिराइ छाडेको छ ।

   जिल्लामा भइरहेको बिधुत चोरी नियन्त्रण गर्ने  उद्देश्यले मलंगवा वितरण केन्द्रले गत आइतबार बाट सुरु गरेको   अभियान अन्तर्गत सोमबार  दोस्रो र मंगलबार तेस्रो दिन २४ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर एकपटकको लागि जनही ११ हजार रुपैया जरिवाना तिराइ छाडेको वितरण केन्द्र मलंगवाका उप प्रबन्धक बिनोद यादवले बताए ।

     उपप्रबन्धक यादवका अनुसार सोमबार सुपरभाइजर मनोज कर्णको नेतृत्वमा गएका टोलीले कौडेना गाउँपालिकाबाट  १४ जना र आज बिहान(मंगलबार)वितरण केन्द्र मलंगवाका प्रशासन प्रमुख गंगाराम मण्डल नेतृत्वको टोलीले औरही, मदनपुर पडरिया,खोरिया र गोहियाही गाउँबाट १० जना ब्यक्तिहरुलाई पोलबाट हुकिङ्ग गरि बिजुली चोरी गरिरहेको अवस्थामा उनीहरुको घरबाटै नियन्त्रणमा लिएको छ ।टोलीले एउटा पानी तान्ने मोटर, तार र पाइप पनि नियन्त्रणमा लिएको छ ।

   यो अभियान मलंगवा वितरण केन्द्र अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका सहित हरिपुर्वा ,कबिलासी,गोडैता, बलरा नगरपालिका तथा पर्सा , कौडेना,रामनगर,चक्रघट्टा,चन्द्रनगर, ब्रह्मपरी, विष्णु गाउँपालिकामा निरन्तर चलिरहने उप प्रबन्धक यादवले जानकारी दिए ।

No comments:

Post a Comment