Thursday, March 4, 2021

केपी ओली राजीनामा दिनुपर्छ - गगन थापा


राजिव साह-

सर्लाही,१९ फाल्गुन 

  नेपाली काङ्ग्रेस युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम सबित भैसकेकोले नेपाली काङ्ग्रेसले केपी ओलीको राजीनामा माग गर्ने पक्षमा रहेको बताएका छन् ।  

सर्लाहीको ब्रहमपुरी गाउपालिका भेल्हीमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै यस्तो कुरा बताउनुभएको छ । 


नेपाल कम्युनिस्ट पार्टीले घरझग्डामा मात्र बल्झिने गरेकाले संसद बैठकमा नेपाली काङ्ग्रेसले राजीनामा माग गर्ने बताए । नेता थापाले  नेपाली काङ्ग्रेस मधेसको ठेक्कादार र मसिहा होईन मधेसको साथी हो ,प्रष्ट पार्नु भयो । 


बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा  पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्रकुमार राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय लगायतल नेपाली काङ्ग्रेसका नेताकार्यकताको सहभागी रहेको थियो ।

No comments:

Post a Comment