Sunday, March 21, 2021

ग्यास सिलिन्डरको प्रयोग तथा उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ८

      कन्जुमर आई नेपालको आयोजनामा ग्यास सिलिन्डरको प्रयोग तथा उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   कन्जुमर आई नेपालका अध्यक्ष राधवेन्द्र कुशवहाको अध्यक्षता तथा  जिल्ला समन्वय समिति सर्लाहीका  सभापति मेथुर चौधरी को प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिससको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

     सहायक प्रजिअ भुमेस्वर पोखरेल, म.न.पा नगर प्रमुख निरसल साह,प्रहरी  नायव उपरीक्षक  मदन कुवँर ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष बिरेन्द्र साह ,पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रममा कन्जुमर आई नेपालका केन्द्रिय अध्यक्ष विमला खनालले र प्रादेशिक कार्यालय प्रमुख विजय खनालले उपभोक्ताको संवैधानिक अधिकार,बजारमा देखिएका समस्या तथा कसुर ,दण्ड र सजाय सम्बन्धि कानुनी प्रावधानको विषयमा जानकारी गराउनुका साथै कार्यपत्र प्रस्तुत गरेका थिए ।

     


No comments:

Post a Comment