Sunday, March 7, 2021

हरिवनमा बजार अनुगमन ,४ वटा पसललाई जरिवाना



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २३

      सर्लाही  जिल्ला अन्तर्गत हरिवन नगरपालिकामा हालै  बजार अनुगमन गरिएको छ। बजार अनुगमनको क्रममा  अनुगमनकर्ता टोलीलाई अनुगमनमा सहयोग नगरेका तथा पसलमा सामानको मुल्यसूचि नराखेका पसलहरुलाई जरिवाना समेत गरिएको छ ।

     बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय हरिवन,इलाका प्रहरी कार्यालय हरिवन,हरिवन नगरपालिका र नगर उद्योग वाणिज्य संघको प्रतिनिधि सहितको टोली पसलमा मुल्यसूची नराखी पसल संचालन गरेका हरिवन वडा न-९ स्थित मोहन किराना पसल ,न्यु दिपक बस्त्रालय र सुयोग ट्रेडर्सलाई प्रति पसल ५०  हजार रुपैयाको दरले जरिवाना गराइएको छ भने अनुगमन कार्यमा सहयोग नपुर्याएको भन्दै निशा हार्डवेयरका संचालक सँग तत्काल २० हजार रुपैया जरिवाना गराएको  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिएको छ ।

    सो बजार अनुगमन बिहिवार दिनभर हरिवन नगरपालिका अन्तर्गतका मुख्य बजार क्षेत्रहरुमा गरिएको खत्वेले बताए ।


No comments:

Post a Comment