Wednesday, March 3, 2021

आन्दोलनमा सहयोग पुर्‍याएको भन्दै प्रदेश मामिला सभापति यादवलाई किसानको तर्फबाट सम्मान

 आन्दोलनमा सहयोग पुर्‍याएको भन्दै प्रदेश मामिला सभापति यादवलाई किसानको तर्फबाट सम्मान 


लोकतन्त्र समाचारदाता---
सर्लाही ,फाल्गुन १९
     काठमाडौंमा भएको पिडित उखु किसानको आन्दोलनमा समावेश भई आन्दोलन सफल बनाउन सहयोग पुर्याएको भन्दै कदर स्वरूप प्रदेश मामिला सभापति तथा प्रदेश सांसद अशोक यादवलाई  प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले  सम्मानित गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित समाजवादी किसान महासंघ नेपालको प्रदेश २ स्तरीय अगुवा किसान भेलामा यादवलाई सम्मानित गरिएको उहाँका सचिवालय सचिव राजेश यादव(ग्वार)ले जनाएको छ।
   कृषि मन्त्री  शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यतामा आयोजित भेलालाई सम्बोधन गर्दै  प्रदेश मामिला सभापति  यादवले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिँदै आएको भएपनि अपेक्षाकृत रुपमा यस क्षेत्रको विकास हुन नसकेको बताउनु भएको छ। बाली उत्पादनमा बृद्धि ल्याउन प्रदेश सरकारले किसान लक्षित विभिन्न कार्यक्रम संचालन गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
   करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जीविकोपार्जनका लागि कृषि  क्षेत्रमा निर्भर रहँदै आएको तर उचित कृषि नीतिको अभावमा किसान मर्कामा परेको यादबले बताएका छन्।

No comments:

Post a Comment