Thursday, March 11, 2021

नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष तथा एभिन्युज टिभीका पत्रकार बख्तियार अली माथि ज्यान मार्ने किसिमले सांघातिक हमला ,टाउकोदेखि खुट्टासम्म चोटलागि गम्भीर घाइते

 




सर्लाही ,फाल्गुन २७

    नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष तथा एभिन्युज टेलिभिजनका सर्लाही जिल्ला सम्वाददाता एवं पत्रकार बख्तियार अली माथि आज(बिहिवार) साँझ ज्यान मार्ने मनसायले सांघातिक हमला भएको छ ।

    बिहिवार साँझ करिब ६ बजेको समयमा मलंगवा नगरपालिका वडा न-१० स्थित आफ्नै घर अगाडी उनीमाथि हमला भएको हो। घरको मेन गेट अगाडि मोटरसाइकल रोकेर घरभित्र प्रवेश गर्ने क्रममा उनका कान्छा भाई अचानक पछाडिबाट आएर अन्धाधुन्ध हथौड़ाले हमला गरि निर्घात कुटपिट गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।पत्रकार अलीले आफूमाथि निजले पहिला पनि कयौंपटक ज्यान मार्ने उद्देश्यले हमला गर्ने प्रयास गरेको बताए ।

      कुटपिटबाट पत्रकार अलीको टाउकोमा भित्री चोट लागेको छ भने शरिरका विभिन्न भाग सहित  दुवै खुट्टामा गहिरो चोट र घाउ लागेर एक दर्जन भन्दा बढी टाँका लागेको छ।

   पत्रकार अलीमाथि ज्यान मार्ने मनसायले हमला र कुटपिट गरेका निजका कान्छा भाई अपराधिक प्रवृत्तिको मान्छे रहेको र विभिन्न किसिमका नशा समेत गर्ने र अवैध रुपमा  नेपालबाट भारत र भारतबाट नेपाल प्रतिबन्धित सामानहरुको ओसारपसारको काम गर्ने गरेको छिमेकीहरुले बताएका छन् ।

    पत्रकार अलीमाथि हमला गरि गम्भीर  घाइते बनाएर हमलावर भाई फरार भएको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    पत्रकार अलीकी आमा छोरा उपर हमला गर्नेलाई पक्राउ गरि कडा कारवाहीको माग राखेर जिल्ला  प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिने तयारी गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    पत्रकार अलीमाथि ज्यान मार्ने किसिमले हमला गर्ने  ब्यक्ति आफ्नै सहोदर भाइ भएपनि एउटा पत्रकारमाथि हमला गरेर सिंगो प्रेसमाथि नै हमला गरेकोले निजलाई तत्काल हिरासतमा लिएर कारवाही गर्नुपर्ने सर्लाहीका पत्रकारहरुले माग गरेका छन् ।

1 comment:

  1. Karbahi Hunu pariyoo Ek Xito Bhanada Xito Natara hami Police parsasan ko Birod Reallu Nikalane xau ..b

    ReplyDelete