Sunday, March 14, 2021

आपसी रिसिवी पोख्न भाइले दाइको मोटरसाइकल जलाए

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १

   आपसी रिसिवी पोख्न आफ्नै दाइको मोटरसाइकल चोरेर आगो लगाएको आरोपमा सर्लाहीको बयलबासबाट प्रहरीले  एक जनालाई पक्राउ गरेको छ ।

    सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-६ बयलबास बस्ने मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल सनिवार  उनकै घरबाट चोरी गरी नजिकैको नारायण माविको प्राङ्गण एरियामा लगेर जलाउने निजको काकाको छोरा १६ वर्षीय एैसान अन्सारी आज(आइतवार)बिहान ७ बजे पक्राउ परेका हुन् । 

    एैसानले आपसी रिसिबीका कारण दाइ  मुस्तुफाको प्र -२ – ०३- ०१२ प २६०३ नम्बरको मोटरसाइकल चोरेर जलाएको स्वयं  स्विकारेको प्रहरीले बताएको छ ।



No comments:

Post a Comment