Monday, March 15, 2021

सीमा क्षेत्रमा अवैध रक्सीको कारोवार बढ्दै


 ---यसलाई रोक्न सिमा क्षेत्रका बासिन्दाहरुको प्रजिअ सँग आग्रह---


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २

     भारतसँग जोडिएको सर्लाहीको सीमावर्ती क्षेत्रमा पछिल्लो समयमा अवैध रक्सीको कारोवार बढदै गएको सीमा क्षेत्रका स्थानीयहरुले बताएका छन् ।

    भारतको बिहार राज्यमा रक्सीको कारोवारमा त्यहाँका राज्य सरकारले पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि सर्लाहीको  सीमावर्ती क्षेत्रमा अवैध रक्सीको कारोवार बढेको हो । बिहारमा रक्सीको कारोवारमा प्रतिबन्ध लागेदेखि यहाँका सीमावर्ती क्षेत्रमा दिनहुुँ भारतीयहरु आएर रक्सी सेवन गर्ने गरेका पाईन्छन् ।

     नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा  कडाई गरेपनि स-साना छाप्रो बनाएर अवैध रुपमा रक्सीको कारोबारमा कुनै कमि आएको छैन । सिमाक्षेत्रमा अधिकांश रक्सी पसलहरु भारतिय नागरिकद्वारा संचालित रहेका छन् ।दैनिक जसो सयौं भारतिय नागरिकहरु जिल्लाको सदरमुकाम मलंगवा, त्रिभुवननगर , नारायणपुर, सखुअवा, संग्रामपुर, भाँडसर,खुटौना, पकडी फेन्हारा, मधुवनी, बलरा लगायतका ठाउँमा खोलिएका भट्टी पसलहरुमा रक्सी  सेवन गर्न आउने गरेका छन् । त्यस्ता पसलहरु अबेर रातिसम्म संचालन हुने गरेको स्थानीयहरु बताउँछन् ।  

    सर्लाही  प्रहरीले  रक्सीको कारोवार रोक्न सीमा क्षेत्रका पसल संचालकहरुलाई पटक पटक आग्रह गरिएपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका पसल संचालकहरुले रक्सीको कारोवार गर्दै आएको देखिन्छ ।कतिपय ठाउँमा अवैध रक्सी बनाउने भट्टीहरुमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जब्त तथा नष्ट गरिसकेको भएपनि  पुनः संचालन भइरहेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।

    नेपाल-भारत सिमानाका अहिले बन्द रहेको छ ।तर पनि भारतिय नागरिकहरु चोर बाटोको प्रयोगन गरेर नेपाली बस्तीमा आएर अबेर रातिसम्म रक्सी सेवन गरेर होहल्ला मच्चाउने गरेका छन ।

   सीमा क्षेत्रका स्थानीयबासीले अवैध रुपमा हुँँदै आएको रक्सीको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा मजबुुत गर्न प्रमुख जिल्ला अधिकारी सँग आग्रह गरेका छन् ।


No comments:

Post a Comment