Tuesday, March 23, 2021

एसएनभी वाश इन्जिनियर द्वारा हात धुने स्थान र अभ्यासको अनुगमन


राजिव साह---

सर्लाही,चैत १०

   एस एनभी वाश इन्जिनियरले हात धुने स्थान र अभ्यासको सम्बन्धमा  जिल्लाका विभिन्न स्थानमा जडान गरिएका  हात धुने उपकरणको अनुगमन गरेका छन् । 

   एसएन भि नेपालको आर्थिक सहयोग तथा  ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा संचालित कोविड-१९  को नविनतम प्रयास कार्यक्रम अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा रहेकोे  हात धुने स्थान र त्यसको प्रभावको बारेमा अनुगमन गरिएको एसएनभी नेपाल जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिए। अनुगमनको क्रममा पर्सा गाउँ पालिका भित्रका ३ वटा सामुदायिक विधालय ,एउटा स्वस्थ्य चौकी र एक निजी क्लिनिकमा स्थापन गरिएको हात धुने प्रबिधिबाट हात धुने अभ्यासलाई  बिधालयका बालबालिका तथा शिक्षकहरुले निरंतरता दिएको पाइएको छ  । स्वास्थ्यचौकी तथा  निजी  क्लिनिकमा आउने  बिरामीहरुलाई समेत  साबुन पानीले हात धुन सहज भएको  स्वस्थ्यकर्मीले बताएका छन् । 

    संस्थाले जडान गरिदिएको यस किसिमको उपकरणको सहयोगबाट कोरोना जस्तो महामारी  न्यूनीकरणका लागि राम्रो प्रयास भएको पर्सा गाउँपालिका अध्यक्ष किसुन देव रायले बताए । 

     सर्लाहीको पर्सा गाउँपालिका लगायत जिल्लाका   विभिन्न ठाउँमा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरण तथा  एसएनभी नेपालको आर्थिक सहयोगमा विभिन्न समाज सुधार, विकास निर्माणको काम हुँदै आएको छ । 

 अनुगमन कार्यमा प्रविधिक सहजीकरण एसएनभी नेपाल वाश इन्जिनियर शोभा केसीले गर्नु भएको थियो ।

No comments:

Post a Comment