Tuesday, March 2, 2021

नेकपा भित्र भाँडभैलो मच्चिएको बेला काँग्रेस सरकारमा जान हतारिनु नहुदै :नेका केन्द्रीय सदस्य गगन थापा


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन १८

   नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले काँग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताउनु भयो।सर्लाहीको धनकौलमा नेपाली काँग्रेसले आयोजना गरेकोे बृहत आमसभालाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका नेता गगन थापाले नेकपा भित्र भाँडभैलो मच्चिएको बेला काँग्रेस सरकारमा जान हतारिनु नहुने बताउँदै पुस ५ गते भन्दा अघि भएका  सबै खाले  गल्तीको पुष्पकमल दाहाल  प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । 

     प्रधानमन्त्री केपी  शर्मा ओली आफैंले  सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताउँदै  वर्तमान सरकारले  जनताको सुरक्षा गर्न नसक्ने दावी गर्नुभयो। ``आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश भरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिड्न थाल्नु भएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे पनि  बोलेर हिड्नु हुन्छ । उहाँले रोजेको  प्रतिगमनको बाटोलाई अदालतले ठेगान लगाई दिएपछि प्रधानमन्त्री रणभुल्लमा पर्नु भएको छ, अब निर्वाचन आयोगले नेकपा भित्रको विवादलाई  चाँडै टुंङगो लगाईदिएर  बाटो खोलि दिनुपर्छ ,नेता थापाले भन्नुभयो ।´ 

   काँग्रेसलाई जनताले  सरकारमा जान भन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नु पर्ने उहाँले  बताउनुभयो ।

No comments:

Post a Comment