Sunday, March 14, 2021

पाँचौ दिनको खेलमा ओम सहारा पञ्चकन्या ८ विकेटले विजयी

लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १

      “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सर्लाहीको मलंगवामा आयोजित खुल्ला टि–ट्वन्टी क्रिकेट प्रतियोगिताको ५ औं खेलमा ओम सहारा पञ्चकन्या लक्ष्मी वान क्रिकेट टिमलाई ८ विकेटले पराजित गरेको छ । 

    दुर्गा पुजा समिति मलंगवा १० जिल्ला विकास चौकले तिनबिघे मैदानमा आयोजना गरिएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी वानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएका थिए । पञ्चकन्याका लागि श्याम गोसाईले सर्वाधिक ४७ रन बनाएका थिए । ओपनिङ्ग गर्न आएका श्यामले टिमलाई बलियो सुरुवात गरेपनि पछि आउने खेलाडीले राम्रो खेल्न सकेका थिएनन् । पञ्चकन्याका लागि विशाल कुमारले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

१ सय ५६ रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रेका पञ्चकन्याले निर्धारित २० ओभरको खेलमा १२.२ ओभरमा २ विकेट गुमाउँदै जित हात पारेका थिए । पञ्चकन्याका लागि ओपनिङ्ग गर्न आएका भारतीय खेलाडी सन्नी कुमारले अविजित १ सय ८ रन बनाएका थिए । सन्नीले खेलमा १९ चौका र २ छक्का प्रहार गर्दै टिमले विजयी बनाएका थिए । लक्ष्मी वानका लागि शिवा र मुनाले समान १÷१ विकेट हात पारेका थिए । 

आजको खेलको म्यान अफ द म्याचको पदक समितिका सल्लाहकार एवं मलंगवा न.पा- ४ का वडाध्यक्ष रबिन्द्र रायले शतक प्रहार गर्ने खेलाडी सन्नीलाई प्रदान गरेको  आयोजक समितिका अध्यक्ष रामकेवल रायले जानकारी दिएका छन् । 

    भोली (सोमवार)को खेल ढाका बोर्डर मलंगवा ४ र विजडम कोचिङ्ग सेन्टर मलंगवा १० को बिच हुने अध्यक्ष यादवले बताएका छन् । 


No comments:

Post a Comment