Thursday, March 18, 2021

लक्ष्मी-२ टि–ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत्र ५ 

     सर्लाहीको सदरमुकाम  मलंगवा स्थित तीनबिघे खेल मैदानमा जारी टि–ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिताको बिहीवार भएको खेलमा लक्ष्मी २ ले योङ स्टारलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।

   दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवाले  आयोजना गरेको पहिलो  क्वाटर फाइनल खेलमा लक्ष्मी २ ले  योङ स्टारलाई ३ विकेटले पराजित गरेको छ । 

     टस जितेर पहिले व्याटिङ रोजेको  योङ स्टारले निर्धारित २० ओभरको खेलमा १९.३ ओभरमा अल आउट हुदैं १ सय ४१ रन बनाएका थिए । योङ स्टारका लागि पर्शुराम कुमारले सर्वाधिक ३३ रन बनाएका थिए । १८ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै उनले टिमका लागि ३३ रन बनाएको आयोजक समितिका सचिव दिनेश यादवले जानकारी दिएका छन् । १ सय ४१ रनमा योङ स्टारलाई सिमित राख्नका लागि लक्ष्मी २ का अखिलेश मिश्राले ४ विकेट लिएका थिए  । ४ ओभरमा २३ रन खर्चिदै मिश्राले महत्वपूर्ण ४ विकेट लिएका थिए । 

    १ सय ४१ रनको लक्ष्यलाई पच्छायाउन मैदानमा उत्रेका लक्ष्मी २ ले १९.२ ओभरमा खेल ३ विकेटले जितेका छन् । लक्ष्मीका लागि रोशन सिंहले सर्बाधिक ४४ रन बनाएका थिए । ३७ बलमा ७ चौका प्रहार गर्दै रोशनले ४४ रन बनाएका थिए । योङ स्टारका लागि दिपेश, दिपक र रविन्द्रले समान २-२ विकेट लिएका थिए । 

    ४ विकेट लिएर खेलको म्यान अफ द म्याच बनेका लक्ष्मी २ का अखिलेश मिश्रालाई आयोजक समितिका अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका छन  । भोली(शुक्रबार) हुने दोस्रो क्वाटरफाइनल खेलमा कौडेना पर्सा र सनराइज मदनपुर बिच खेल हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment