Saturday, March 13, 2021

सर्लाहीको हरिपुरमा चिताइन मेला चल्दै, चैत २ गतेसम्म चल्ने

 



अजिता चौधरी----

सर्लाही,फाल्गुन २९

    शिवरात्रीको अवसरमा हरेक वर्ष लाग्दै आएको सर्लाही जिल्लाकै प्रसिद्ध हरिपुर नगरपालिका स्थित चिताइनमा बिहिवारदेखि  धार्मिक मेला सुरु भएको छ ।

  धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा बोकेको प्राचीन मिथिला राज्यको सभ्यताको प्रतिनिधित्व गर्ने महोत्सवको रूपमा आफ्नो परिचय स्थापित गर्न सफल चिताइन मेला तथा महोत्सव प्रत्येक वर्ष माहाशिवरात्रीको दिन देखि भब्यताका साथ प्रदेश -२ अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका स्थित चिताइन टोलमा लाग्दै आएको छ ।

सयौं दसक भन्दा बढीको इतिहास बोकेको चिताइन महादेव मन्दिरमा लाग्ने मेला एवं महोत्सवमा सर्लाही लगायत छिमेकी जिल्ला तथा भारतबाट विभिन्न उमेरका मानिसहरु दर्शन तथा मेलाको अवलोकन गर्न आउने गरेको स्थानीय रुना धामीले बताए ।

चिताइन मेलाको पवित्रता र गरिमा बाबा श्री लक्ष्मीनाथको अपार महिमा र हरिपुर नगरवासीहरुको निस्वार्थ कुशल आतिथ्य रहेको नगरप्रमुख जमरुद्दीन अंसारीले बताए ।मेलामा कृषि प्रदर्शनी, विभिन्न खेल तमासा ,विभिन्न स्थानीय  परिकारहरुको स्टल, स्थानीय तथा बाह्य कलाकारहरुको गीत ,संगीत र नृत्यको समेत विशेष रुपमा ब्यवस्था गरिएको छ ।

   मेला अवधीभर भाकल पूरा भएका श्रद्धालुहरुको लक्ष्मीनाथ (चिताइन) महादेवलाई भण्टाको भार र नरिवल चढाउन ठुलो भिड हुने गरेको छ ।मेला चैत २ गते सोमबार सम्म चल्ने छ ।

No comments:

Post a Comment