Friday, March 19, 2021

मलंगवाको ब्यस्त चौकबाट लागुऔषधसहित अटो चालक पक्राउ

  



सर्लाही,चैत ६

      सर्लाहीको सदरमुकाम मलंगवाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ मलंगवा नगरपालिका वडा न–८ भगवती मन्दिर नजिकबाट लागुऔषधसहित अटोचालक पक्राउ परेका हुन् ।

       विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायव निरीक्षक जितेन्द्र कुमार चौधरीको कमाण्डमा खटिएक प्रहरी  टोली साँझ साढे ६ बजेतिर भगवती मन्दिर नजिक मलंगवा नपा-९ बस्ने दुखा रायले चलाएको ज १ ह २८१४  नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा टेम्पोको पछाडि यात्रु बस्ने सिट मुनी प्लास्टिक भित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक एम्पुल-९१ पिस,फेनारगन एम्पुल-९३ पिस,डाक्सेपाम एम्पुल-८८ पिस  लागुऔषध बरामद गरेको हो ।उनको साथबाट ४ हजार ५ सय नेपाली ,२८० भारु नगद र सवारी दर्ता किताब र नागरिकताको प्रतिलिपी समेत बरामद भएको गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

   बरामद लागुऔषध र अटोसहित चालक रायलाई नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि जिप्रका मलंगवाको हिरासतमा राखिएको छ ।

    




No comments:

Post a Comment