Thursday, March 25, 2021

आ-आफ्नै घरमा बसेर होली मनाउन जिल्ला प्रशासनको आग्रह



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चेैत १२

  पुनः बढ्दै गरेको  कोरोना भाइरसको संक्रमणलाई  मध्यनजर गर्दै सर्लाहीमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बसेको बैठकबाट नेपाल भारत  सीमावर्ती क्षेत्रमा  उच्च सतर्कता अपनाउन साथै आ-आफ्नै घरमा बसेर होली पर्व मनाउन  निर्णय भएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएको छ ।


     सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रजिअ तामाङको अध्यक्षतामा बसेको  बैठकले छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढिरहेको अवस्थामा सीमावर्ती जिल्ला सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । प्रजिअ तामाङका अनुसार  भारतीय सीमाबाट आउजाउ गर्नेहरुको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न बिहिवार (आज) देखि मलंगवा नाकामा हेल्थ डेक्स राख्ने, संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनामूलक कार्यक्रमलाई तीव्र पार्ने, व्यापार व्यवसायमा भीडभाड हुन नदिने, मास्क नलगाउनेलाई कारवाही गर्ने जस्ता निर्णय भएका छन् ।

   होलीमा भीडभाड हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वातावरण तय गर्ने समेत निर्णय गरेको प्रजिअ तामाङले बताए ।

No comments:

Post a Comment